छात्रवृत्तिमा पढेका दक्ष जनशक्तिले दुर्गमक्षेत्रमा कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने

0

प्रकाशित मिति :२०७५ /३/१४

छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्ने विद्यार्थीहरुले पढाइ सकिएपछि दुर्गम क्षेत्रमा कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले दुर्गमको आवश्यकता अनुसार चिकित्सक खटाउन ‘छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य विधि २०७५’ मा उल्लेख गरिएको हो ।

मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुले सरकारले खटाएको ठाउँमा गएर काम गर्न नमानेपछि कार्यविधि नै बनाएको हो । छात्रवृत्तिमा नर्सिङ, जनस्वास्थ्यलगायत अन्य प्राविधि विषय अध्ययन गरेका सरकारी तथा अन्य व्यक्तिलाई समेत यो कार्यविधि लागू हुने मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई २ वर्षे सेवा अवधि तोकिएको भएपनि कार्यान्वयन नभएपछि कडा कार्यविधि बनाएको हो । नेपालको दुर्गम स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव रहेको हुँदा ५ वर्ष पु¥याइएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here