साँच्चै नेपालका जनता महान छन् । अझ यहाँका नेताहरु

0

नेताहरुले देश बनाउन भन्दा आफनै बनाउनमा लागि परेका छन् । गाँउमा विकास अहिले सम्म गर्नृ सकेका छैनन्, तुईन चलेकै छ, उचित उपचार नपाएर अकालमा ज्यान गुमाउन परेकै छ, उचित शिक्षा पाउन सकेका छैनन्, गाँउमा उपचार गर्न अस्पताल त परै जाओस स्वास्थ्य चौकी सम्म छैन, भएपनि औषधि छैन, डाक्टर छैनन्, उपचारका साधन छैनन् ।

बाटो बिर्गेको छ, खानेपनि छैन्, खानेपनि दुषित छ, स्वास्थ्य चौकी छैन्, पुल छैन, वातावरण दूषित छ, सरकारी काम हुदैन, रोजगारि छैन, उचित सुरक्षा छैन् आदि इत्यादि केहि पनि छैन नेपालमा तर न नेता बोल्छन् नत जनता नै ।

नेता ज्यूहरुलार्इृ कहिल्यै पनि नेपालको चिन्ता भएन यहाँ नेतामात्रको विकास भयो देश चै विकास भएन । भविष्यको चिन्तात नेपालीलाई मात्र छ, भोलि यहाँ बस्नु पर्ने भोग्नु पर्ने नेपालीले मात्र हो । नेताका सन्तानहरु त विदेशमा गएर बसिहाल्छन्नी । कहिल्यै पनि नेपालका बालबलिकालाई आफनै छोराछारी ठानेनन् ।
यी त केही समस्याहरु हुन् अझै यस्ता समस्या समाधान नगरे समस्याहरु अझै थपिदै जान्छन् र कुनै दिन आउदैन भन्न नसकिएला कि कुनै समयमा नेपाल भन्ने देश थियो रे । अब पनि नउठे हामीलाई नेताहरुले उठिबास लागउछन् ।
जय नेपाल ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here