अर्जेन्टिनालाई झट्का, मिडफिल्डर लान्जिनी घाइते

0
8

अर्जेन्टिनाका मिडफिल्डर मानुइल लुन्जिनी अभ्यासका क्रममा घाइते भएपछि विश्वकपबाट बाहिरिएका छन्।

वेष्ट ह्यामका खेलाडी समेत रहेका उनको अभ्यासका क्रममा घुडामा चोट लागेको थियो। उनको स्थानमा म्याक्सिमिलिनी मिजा टोलीमा आएका छन्।

२५ वर्षिया उनले अघिल्लो सिजनमा वेष्ट ह्यामबाट २७ खेल खेल्दै ५ गोल गरेका थिए।

समूह डी मा रहेको अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ।

 

साभार : नेपाल खबर

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here